१२ असार २०८३, शुक्रबार

उपनिर्वाचन : हेटौंडा–१२ मा यस्तो थियो गत निर्वाचनको मतपरिणाम, यसपटक कसको पल्ला भारी ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २३ कार्तिक । निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पनि चर्चामा रहेको छ । १२ नम्बर वडामा वडा अध्यक्ष पदकालागि निर्वाचन हुँदैछ ।

वडा अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा (एमाले) मुख्य प्रतिष्प्रर्धीका रुपमा देखा परेका छन् । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा यी तीन पार्टीबीच तीब्र प्रतिस्पर्धी भएको थियो । हालसम्म अहिलेको निर्वाचनमा पनि त्यही अवस्था देखिन्छ ।
गत चुनावमा हेटौंडा–१२ माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीले १ हजार ३ सय ४० मत पाएका थिए ।

यस्तै, एमालेका राजेश नगरकोटीले १ हजार ३ सय २५ मत पाएका थिए । गत निर्वाचनमा तीनदलका उम्मेदवारबीचको मतान्तरमा खासै फरक छैन् । विजय भएका माओवादीका घलान र दोस्रो भएका काँग्रेसका तिवारीबीच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्रो भएका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । दोस्रो भएकातिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो । गत निर्वाचनमा तीनै

दलका उम्मेदवारले पाएको मतलाई हेर्दा चुनावमा कसले बाजी मार्छ अनुमान लगाउन सक्ने अवस्था नरहेको स्थानीय मतदाता बताउँछन् ।
माओवादीबाट वडा अध्यक्षमा विजयी घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि उक्त स्थान खाली रहेको थियो । जुन स्थानका लागि निर्वाचन आयोगले निर्वाचन गराउन लागेको हो । जसका लागि माओवादीले रवीन प्रधानलाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसहमत निर्णय रहेको छ ।

यस्तै एमालेले पनि राजेश नगरकोटीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार रहेका नगरकोटी यसपटक पनि सर्वसहमत उम्मेदवार छनौट भएका हुन् । काँग्रेसले भने अझै वडा अध्यक्षको उम्मेदवारको टुंगो लगाउन सकेका छैन् । वडाबाट पाँचजनाको नाम सिफारिस भएपनि जिल्ला पार्टी समितिबाट अन्तिम टुगो लगाउन सकेको छैन् ।

वडाबाट अर्जुन तिवारी, शरण घिसिङ, कुमार पोखरेल, गीता न्यौपाने, सुर्दशनलामाको जिल्लामासिफारिस भएको जनाइएको छ । जिल्लातहका एक नेताका अनुसार तिवारीलाई उम्मेदवार बनाउने तयारी छ ।