३२ असार २०८३, बिहिबार

यी चार प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

विभागले दिउँसो पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।