१६ असार २०८३, मंगलबार

दशौँ महाधिवेशन विगतका भन्दा भिन्न भयो : शंकर पोखरेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दशौँ राष्ट्रिय महाधिवेशन विगतका महाधिवेशन भन्दा भिन्न महाधिवेशन भएको बताएका छन् ।

आज ललितपुरस्थित चाकुपाटमा एमाले स्कुल विभागद्वारा आयोजित जिल्लास्तरीय नियमित प्रशिक्षणमा दशौं राष्ट्रिय महाधिवेशनको कार्यदिशा विषयमा प्रशिक्षण दिँदै महासचिव पोखरेलले अरू महाधिवेशनमा एकैपटक नीति र नेतृत्वको विषयम निरूपण गर्ने गरेकामा यो पटक महाधिवेशनलाई विधान महाधिवेशन र राष्ट्रिय महाविधेशन गरी दुई पटकमा गरिएको बताएका हुन् ।

आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा हुन थालेपछि पार्टीमा विचारको बहस कमजोर भएको ठानेर नीति निर्माणका लागि अलग्गै महाधिवेशन आयोजना गरिएको उनको भनाइ छ ।

संविधान जारी भएपछि मुलुक संघीयतामा भएको स्मरण गर्नुहुँदै उनले संघीयतामा आधारित भएर संगठन ढाँचालाई रूपन्तरण गर्नुपर्छ भनेर प्रदेश कमिटीलाई कार्यकारी कमिटी बनाइएको बताए । यस्तै विगतको तुलनामा पालिकाहरूलाई पनि थप अधिकारसम्पन्न बनाइएको उनले जानकारी दिए ।