
काठमाडौं, २२ कार्तिक । काठमाडौंको सीतापाइलादेखि धादिङको धार्के जाने सडक फेरि १५ दिन बन्द हुने भएको छ ।
सडक स्तरोन्नतिका लागि यही कार्तिक २३ देखि १५ दिनसम्म बन्द गरेर कालोपत्रे गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको हो ।
त्यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने र हलुका बाहेक सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइने छ ।








प्रतिक्रिया