२४ जेष्ठ २०८३, आइतबार

गंगासागरमा छठको उल्लास (तस्वीरहरु)

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २२ कात्तिक । छठ पर्वमा बिहीबार अस्ताउँदो सूर्यको पूजा गर्दै मनाइँदै छ ।

मंगलबारदेखि सुरु भएको चार दिवसीय महापर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ ।

जनकपुरका गंगासार नदीमा धेरैले अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गर्ने तयारी गरेका छन् । चारैतर्फ पक्की घाट भएकोले श्रद्धालुहरुको पहिलो रोजाई गंगासागर हुने गरेको छ ।

सुस्वास्थ्य, दीर्घजीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि प्रत्येक वर्ष कार्तिक शुक्ल षष्टी र सप्तमीको दिन छठ मान्ने चलन छ ।