२ असार २०८३, मंगलबार

सभामुख पाठकले मनाए ‘मामाघर आश्रम’का बालबालिकासँग जन्मदिन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो जन्मदिन गोदावरीस्थित ‘मामाघर आश्रम’का बालबालिकाहरूसँग विशेष उत्साहका साथ मनाएका छन् । उनले बालबालिकाहरूसँग समय बिताउँदै उनीहरूसँग खुशी साटासाट गरेका हुन् ।

सभामुख पाठकले आश्रममा आश्रित ८४ जना बालबालिकाहरुलाई बिहानको खाना खुवाएर जन्मदिनको खुशी बाँडेका थिए ।

बालबालिकाहरूका लागि सहयोगको प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी दिनमा आश्रमलाई थप सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सभामुख पाठकले आश्रमको व्यवस्थापन र बालबालिकाहरूको संरक्षणका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै राज्यले पनि यस्ता संस्थाहरूलाई आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।