७ असार २०८३, आइतबार

बागलुङमा बस दुर्घटना, २१ जना घाइते

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २१ कात्तिक । बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

रुकुमदेखि काठमाडौंका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिए ।

गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरिक्षक चिलवालले बताए । उनका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।