२८ जेष्ठ २०८३, बिहिबार

राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत ऐतिहासिक जित हासिल गरेकामा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका छन् ।

उनले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।