२ असार २०८३, मंगलबार

मकवानपुरमा बस दुर्घटना, ३५ जना घाइते

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २१ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटार समीडाँडामा बुधबार बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट महोत्तरी जाँदै गरेको प्रदेश २–०३–००१ ख ३६२९ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल दाहिने साइडमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

घाइतेहरुमध्ये २८ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । जसमध्ये १३ जना मध्यम, १५ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, हेटौंडा अस्पतालमा ४ जना घाइतेको उपचार भइरहेको छ भने ३ जना सामान्य घाइतेको स्थानीय मनहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।