
काठमाडौं, २० कार्तिक । भारतसँग विद्युत व्यापार गर्ने सम्झौताविरूद्व परेको रिट खारेज भएको छ ।
सर्वोच्च अदालतले रिट खारेज गरिदिएको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशद्वय सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको इजलासले पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको रिट खारेज गर्दै भारतसँगको सम्झौता कार्यान्वयनका लागि बाटो खुलाइदिएको हो ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ०८० माघमा भएको भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार नेपालसँग भारतले १० हजार मेगावाटसम्म विद्युत् खरिद गर्ने सम्झौता गरेको थियो ।
उक्त सम्झौता संविधानविपरीत रहेको भन्दै उपाध्यायले रिट दायर गरेका थिए ।








प्रतिक्रिया