
काठमाडौं, २० कार्तिक । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागि जाननिकोल लोफ्टी–इटनलाई अनुबन्ध गरेको छ ।
चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन् । यसअघि चितवनले मर्रस्यन्टडील्याङ्गा, ल्यूकमार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध गरिसकेको छ ।
बायाँ हाते २३ वर्षीय ब्याट्स म्यानले गत फ्रेबुअरीमा टी–ट्वेन्टी आईमा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका थिए । अहिले सबैभन्दा छिटो शतक बनाउने सूचीमा उनी दोस्रो स्थानमा छन् । नेपालमा भएको घरेलु टोली, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखलाको उद्घाटन खेलमा उनले सो कोसेढुङ्गा पार गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालविरुद्ध खेल्दै उनले ३३ बलमा शतक बनाएका थिए । एक बल कम खेल्दै उनले नेपाली अलराउन्डर कुशल मल्लको (हाल सबैभन्दाछिटो शतक बनाउने सूचीमा चौथो स्थानमा) कीर्तिमान तोडेका हुन् । कुशलले गत वर्ष चीनको हन्झाउमा भएको १९औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ३४ वर्षमा शतक पूरा गरेका थिए ।
दुवैले चितवन राइनोजबाट एनपीएल खेल्नेछन् । चितवन राइनोजमा अनुबन्ध हुन पाउँदा लोफ्टी–इटनेले खुसी व्यक्त गरेका छन् ।








प्रतिक्रिया