
हेटौंडा, २० कात्तिक । तिहार सकिएसँगै मकवानपुरका किसानहरु नियमित कामकाजमा फर्कन थालेका छन् ।
भाइटीकाको भोलिपल्टदेखिनै हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिकालगायत क्षेत्रका किसानहर धान भित्र्याउन खेतमा व्यस्त हुन थालेका हुन् । केही किसानले तिहारअघिनै धान भित्र्याइसकेका छन् भने केही धान भित्र्याउने चटारोमा छन् ।
दिनहुँ जसो पानी पर्ने सम्भावनाका कारण पनि किसान चिन्तित बन्नुपरेको मकवानपुरगढीका किसान उत्तम सापकोटा बताउँछन् । खेतको धान भित्र्याएपछि तोरी, आलु, तरकारीहरु, मकैसमेत किसानले लगाउने गरेका छन् ।
पानी परे भित्र्याउने अवस्थाको धानमा क्षति पुग्छ भनेर उनीहरू तिहारको टीका लगाएर धान भित्र्याउन खेतमा खटिएका हुन् । बिहानै खेतमा पस्ने किसान अहिले धान काट्न, झाँट्न र भित्रयाउन व्यस्त छन् ।
वर्षभरको खर्च जुटाउने मुख्य बाली भएकाले घरै सुनसान हुनेगरी खेतमा व्यस्त हुनुपरेको किसान बताउँछन् । पाकेको बाली त्यत्तिकै राख्दा झरेर जाने हुन्छ ।








प्रतिक्रिया