१३ असार २०८३, शनिबार

कीर्तिपुरको मेयरमा माओवादी केन्द्रले शिवशरण महर्जनलाई उम्मेदवार बनाउने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ ।

सोमबार बसेको माओवादी केन्द्र कीर्तिपुर नगर समितिको बैठकले महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । माओवादीका उपाध्यक्ष अग्नि सापकोटाको प्रमुख आतिथ्य बसेको बैठकले चुनावमा पार्टीका सबै जनशक्ति परिचालन हुन आह्वान गरेको छ ।

नेकपा (एमाले)ले भने कीर्तिपुरका लागि यसअघि नै डा. सुरेन्द्र मानन्धरलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।