२५ जेष्ठ २०८३, सोमबार

वर्षाका कारण नेपाल र स्कटल्याण्डबीचको खेल रद्द

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा स्कटल्याण्डसँग अंक बाँडेका छ ।

सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो ।

नेपालका ओपनर अनिल शाह १९ बलमा १० रन बनाएर आउट भएका थिए । पहिलो ओभरको समाप्तिमा पनि लामो समय खेल रोकिएर सुरु भएको थियो ।

स्कटल्याण्डसँगको १ अंकसहित नेपालले त्रिदेशीय शृङ्खलामा ३ अंक जोडेको छ । लिग-२ को अंक तालिकामा नेपाल १२ खेलमा ६ अंकसहित सातौँ स्थानमा छ ।

तालिकामा अमेरिका १२ खेलमा १६ अंकसहित पहिलो तथा क्यानडा १२ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छन् ।

स्कटल्याण्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको ९ खेलमा १२ अंक छ । नामिबियाको १२ खेलमा १० अंक छ । ओमानको ९ खेलको ८ अंक छ । पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अंक छ ।