५ श्रावण २०८३, मंगलबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १९ कात्तिक । नेपालगन्जमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क बाइपास रोड नजिक भे६प ८०२ नं र ज३प ७१७१ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा नेपालगन्ज–६ का २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा नेपालगन्ज–११ का १८ वर्षीय एहसान शेख गम्भीर घाइते भएका छन् । घाइते शेखको उपचार नेपालगन्जस्थित भेरी अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि भारतको लखनऊ प्रेषण गरिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज लगिएकामा चिकित्सकले कसौधनलाई गएराति नै मृत घोषणा गरेका थिए । लखनऊ प्रेषण गरिएका गम्भीर घाइते शेखको मुख, आँखा र शरीरको भित्री भागमा चोट लागेकाले प्रमुख पन्तले बताए ।