१७ असार २०८३, बुधबार

इस्प्यानयोलमाथि बार्सिलोनाको जित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । बार्सिलोनाले स्पेनिस ला लिागमा अर्को जित हासिल गरेको छ ।

आइतबार घरेलु मैदानमा भएको खेलमा क्याटलान क्लबले इस्प्यानयोलमाथि ३–१ को जित हासिल गरेको हो ।

डानी ओल्मोको दुई गोलसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले योसँगै १२ खेलबाट ३३ अंक पुर्‍याएको छ । जुन दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा ९ अंक बढी हो ।

१२औं मिनेटमै लमिन यमलको क्रसमा ओल्मोले बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । २३औं मिनेटमा राफिन्हाले उक्त अग्रता दोब्बर बनाए । यसपल्ट मार्क कासाडोको क्रसमा गोल सम्भव भएको हो ।

३१औं मिनेटमा ओल्मोले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे । उनले एलेजान्ड्रो बाल्डेको पासमा गोल गरेका हुन् ।