
काठमाडौं, १८ कात्तिक । श्रीलंकाले पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
आज भएको फाइनल खेलमा टस जितेर पाकिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
पाकिस्तानी टिम ५.२ ओभरमा ७२ रनमा अलआउट भयो । जवाफमा श्रीलंकाले सजिलै ५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलिया तथा श्रीलंकाले बंगलादेशलाई हराउँदै फाइनलमा पुगेको थियो ।
प्रतियोगितामा नेपाल क्वाटरफाइनलमा श्रीलंका तथा प्लेट सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो ।
नेपालले समूह चरणमा भने इंग्ल्यान्ड र अष्ट्रेलियालाई हराउँदै समूह विजेता बनेको थियो ।















प्रतिक्रिया