
बुटवल, १८ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भाइटीका ग्रहण गरेका छन् ।
शुभ साइत बिहान ११ बजेर ३७ मिनेटमा मुख्यमन्त्री आचार्यले भाइटीका ग्रहण गरेको उनको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री आचार्यले जेठी दिदी शारदा पौडेल, माइली दिदी शान्ता न्यौपाने र बहिनी सरिता पन्थीको हाटबाट टीका ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री आचार्यसहित उनका जेठा दाइ बाबुराम आचार्य, साइलो भाई खुविराम आचार्य र कान्छो भाइ माधव आचार्यले दिदीबहिनीको हातबाट टीका ग्रहण गरेका हुन् ।









प्रतिक्रिया