६ असार २०८३, शनिबार

यस्तो भयो कोशीका मुख्यमन्त्री हिक्मत कार्कीको भाइटीका

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १८ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुभ साइतमा बहिनीहरुबाट भाइटीका ग्रहण गर्नुभएको छ।

झापा गौरदह-३ स्थित निवासमा बहिनीहरुबाट उहाँले टीका ग्रहण गर्नुभएको हो । बहिनी सुशीला कार्की र पार्बता थापाबाट दाजु दिपक कार्कीसँगै मुख्यमन्त्री कार्कीले टीका ग्रहण गर्नुभएको थियो । मुख्यमन्त्री कार्कीका पाँच जना दिदीबहिनी हुनुहुन्छ ।

मुख्यमन्त्री कार्कीले  टीका ग्रहणसँगै  नेपालीहरुको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताउनुभयो । नेपालीहरुको संस्कृति ,परम्परा र चाडपर्वले हाम्रो पहिचानलाई स्थापित गर्ने बताउँदै उहाँले यस्ता संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबै दायित्व भएको बताउनुभयो ।