
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन् ।
भाइटीकाको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गरेका छन् । भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने उनले विश्वास लिएका छन् ।
‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइ बिचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटीका, समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटिकाको शुभकामना’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।









प्रतिक्रिया