७ असार २०८३, आइतबार

विश्वकप लिग-२ : अमेरिकासँग नेपाल ३७ रनले पराजित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । आईसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोली अमेरिकासँग नेपाल ३७ रनले पराजित भएको छ ।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रन मात्रै बनाउन सक्यो । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजितभएको थियो ।

नेपालका लागि ओपनर अनिल साहले सर्वाधिक ५२ रन जोडे । सोमपाल कामी ४६, दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए । कुशल भुर्तेल २९, कुशलमल्ल ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए ।

यस्तै, अर्का ओपनर आसिफ शेख ६ रनमा आउट भए ।

उता अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक ४ विकेट लिए । नोष्थुश केंजिगे र साड्लीभानशाक्लीदुई दुई तथा जसदीप सिंह र हरमीत सिंहले एकएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाएपछि नेपालले २८२ रनको लक्ष्य पाएको थियो ।

अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रनको अर्धशतकीय पारि खेले ।

यस्तै, कप्तान मोनांक पटेलले ६७ रन बनाउँदा हरमिट सिंहले ५९ रनको बनाए। आरोन जोन्स २६ रनमा आउट हुँदा सञ्जय कृष्णमूर्तिले १५ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि गुलसन झाले तीन तथा सन्दीप लामिछाने र सोमपालकामीले समान दुई विकेट लिए । कुशल भुर्तेलको नाममा एक विकेट रह्यो । योसँग यस सिरिजमा नेपालले तीन खेलमा दुई हार र एक जित हासिल गरेको छ ।

नेपालले यसअघि स्कटल्याण्डलाई पराजित गरेको थियो ।