२ असार २०८३, मंगलबार

हङकङ सुपर सिक्सेस : नेपालले अष्ट्रेलियालाई हरायो

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले अष्ट्रेलियालाई पराजित गरेको छ ।

शनिबार बिहान भएको खेलमा नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो ।

नेपालले यसअघि इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै एक खेल अगावै क्वार्टरफाइनलमा स्थान बनाइसकेको थियो ।

नेपालले शनिबार नै सेमिफाइनल प्रवेशका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ । खेल दिउँसो १ः३५ बजे हुनेछ ।