
काठमाडौं, १७ कात्तिक । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४५ जनालाई पक्राउ गरेको छ । मोरङ, विराटनगर महानगरपालिका-१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१६ बस्ने ३५ वर्षीय हरेराम चौधरीसमेत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार रूपैयाँ र २ बुक सहितपक्राउ गरेको हो ।
यसैगरी, डडेल्धुरा, गन्यापधुरा गाउँपालिका-३ गोयलखेत बस्ने ३२ वर्षीय दिपक देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपकसमेत २८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४१ हजार ८ सय ६९ रूपैयाँ र १६ बुक तास सहितपक्राउ गरेको हो । यस सम्बन्धमाप्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया