२० असार २०८३, शनिबार

दुई करोड १४ लाख राजस्व संकलन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १६ कात्तिक । राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा दुई करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा दुई करोड १४ लाख छ हजार एक सय २० रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए ।

सवारीसाधन करबाट एक करोड ३६ लाख पाँच हजार पाँच सय २५ रुपैयाँ, यातायात क्षेत्रको आम्दनीबाट ६५ हजार नौ सय १० रुपैयाँ र सवारी दर्ता किताबापत २५ लाख ४३ हजार एक सय ८५ रुपैयाँ राजस्व संकलन भएको छ ।

सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको कार्यालयबाट आव २०८०/८१ मा १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ रुपैयाँ राजस्व संकलन भएको थियो भने २०७९/८० मा सात करोड ५६ लाख २५ हजार चार सय ७५ रुपैयाँ संकलन भएको थियो ।