१ श्रावण २०८३, शुक्रबार

हङकङ सुपर सिक्सेस : इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । हङकङ सुपर सिक्सेस प्रतियोगितामा नेपालले इंग्ल्यान्डमाथि सनसनीपूर्ण जित जित हात पारेको छ । ९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति १० बल बाँकी रहँदै सहज जित हात पारेको हो ।

निर्धारित ६ ओभरमा हङकङले एक बल बाँकी रहँदा अलआउट हुँदै ९७ रन बनाएको थियो ।

नेपालका लागि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे । उनले १२ बलमा ६ छक्का र ३ चौकाको मद्दतमा ५० रन बनाए । अर्का ओपरन लोकेश बमले ११ बलमा २० रन बनाए ।

टस हारेर पहिला ब्याटिङमा उत्रेको इंग्ल्यान्डका लागि कप्तान रवि बोपाराले विस्फोटक ब्याटिङ गरे ।

नेपालका लागि विवेक यादव र प्रतिश जीसीले दुई/दुई विकेट लिए भने लोकश बम र नारायण जोशीले एक/एक विकेट लिए ।