
काठमाडौं, १६ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १.०४ रुपैयाँ घटेर तथा मट्टितेलमा २.२४ रुपैयाँ, हवाई इन्धनमा ३.२३ र एलपी ग्यासमा प्रतिसिलिन्डर ५५.७० रुपैयाँ बढेर आएको निगमले जनाएको छ ।









प्रतिक्रिया