
पोखरा, १५ कार्तिक । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने काम सकिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्की, सरकारी वकिलको कार्यालयको रोहबरमा बयान लिइएको हो । बयानमा लामिछानेले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेका छन् ।
गोर्खा मिडिया नेटवर्कमा आफूले कुनै आर्थिक कारोबार नगरेको र सम्पूर्ण जिम्मा जीवी राईकै भएको उनले बताएका हुन् । आफ्नो नाममा प्रवाह भएको ऋणबारे पनि उनले अनभिज्ञता प्रकट गरेका छन् ।
आफू कुनै पनि सहकारीको सदस्य, सञ्चालक केही पनि नरहेको उनको भनाइ छ ।








प्रतिक्रिया