३१ जेष्ठ २०८३, आइतबार

प्रहरीको कुकुर पूजा (तस्वीरहरू)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कार्तिक । तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज बिहीबार इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा लागू औषध, अपराधीको खोजी र विपद् व्यवस्थापन सम्बन्धी काम गर्ने कुकुरहरू छन् । कुकुरलाई टीका र माला लगाइ दिएपछि मीठा परिकार दिएर पूजा गरी कुकुर तिहार मनाइएको थियो । कार्यक्रममा कुकुरबाट विभिन्नकला प्रस्तुत गरेको थियो ।

प्रहरीले प्रत्येक वर्ष यसरी नै कुकुर तिहार मनाउँदै आएको छ । कला प्रदर्शन तथा प्रतियोगितामा भाग लिई पहिलो, दोस्रो स्थान हासिल गर्ने कुकुरलाई पदक फूलमाला लगाई सम्मान गरेको थियो ।