
काठमाडौं। १५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्यिनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सम्मान गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले खेलाडीहरूलाई सम्मान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हारले निराश नहुने आग्रह गर्दै अर्को पटक पक्कै जितिने बताए ।
यस्तै उनले खेलाडीहरू तिहार लगत्तै पुरस्कार रकम उपलब्ध गराउने प्रतिवद्वता समेत जनाएका छन् । प्रधानमन्त्रीले छिट्टै नयाँ रंगशाला बन्ने बताउँदै कतिपय कानूनका कारण अप्ठ्यारो भएकाले कानून परिमार्जन गरेर बाटो फुकाइने बताए ।
कार्यक्रममा खेलाडी साथै पदाधिकारीहरूले प्रधानमन्त्री समक्ष आफ्ना कुरा राखेका थिए ।








प्रतिक्रिया