९ असार २०८३, मंगलबार

आजदेखि राजविराज महोत्सव

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज (सप्तरी), १५ कात्तिक । संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि राजविराज महोत्सव हुँदैछ ।

राज रङ्गशालामा हुने महोत्सवमा स्थानीय उत्पादन र कलासंस्कृति झल्किने वस्तुसहितका ४० वटा बिक्रीकक्ष रहने जनाइएको छ । राजविराज नगरपालिकासँगको सहकार्यमा हुने महोत्सव कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ६४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

तिहारमा विभिन्न ठाउँबाट आफ्नो गाउँघर आएका युवा, विद्यार्थी र नगरवासी तथा जिल्लावासीको मनोरञ्जन र सप्तरीको पहिचानलाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाइएको छ ।