
काठमाडौं, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ च्याम्पियनसिपको उपाधि विजेता बंगलादेशी टीम र खेलाडीहरूलाई पुरस्कार प्रदान गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले दशरथ रंगशालामै पुगेर पुरस्कार प्रदान गरेका हुन् । प्रधानमन्त्री ओली खेल सुरू हुनुअघि नै रंगशालामा पुगेर खेल हेरेका थिए । नेपाललाई २–१ गोलले पराजित गर्र्दै बंगलादेशले उपाधि जितेको हो ।
यसैबीच प्रधानमन्त्री ओलीले नेपालले साफ महिला च्याम्पियनसिप फूटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको बताए । उनले मेहनत अब अर्को खेल जित्नेगरी हुने भन्दै खेलाडीहरूलाई हौसला प्रदान गरे ।









प्रतिक्रिया