
धनकुटा, १४ कार्तिक । नेकपा (एमाले) ले पहिरोमा परेर परिवारका सदस्य गुमाएका धनकुटाको पाख्रीवास नगरपालिका–५ गुराँसेका सन्तोष तामाङको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
एमाले पाख्रीवास नगर सङ्गठन कमिटीले तामाङको परिवारलाई १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको हो । एमाले केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईले नगद हस्तान्तरण गर्दै जनताको सुखदुःखमा एमाले सधैँ साथमा रहेको विश्वास दिलाए ।

अविरल वर्षाका कारण गत असोज १२ गते घर माथिबाट खसेको पहिरोले पुर्दा सन्तोषकी श्रीमती आशा तामाङ र आशाकी आमा लक्ष्मीशोभाको मृत्यु भएको थियो ।
घरसहित परिवारका सदस्य गुमाएर अफ्ठेरोमा परेका बेला सहयोग पुर्याउन सहयोग रकम प्रदान गरिएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कट्टेलले जानकारी दिए ।









प्रतिक्रिया