१८ असार २०८३, बिहिबार

पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दामा सफाइ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कार्तिक । नेपाल सरकारका पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालले भ्रष्टाचार मुद्वामा सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले अर्याललाई सफाइ दिएको हो ।

सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिँदा भ्रष्टाचार भएको भन्दै कम्पनीसहित १२ जनाविरूद्व मुद्वा दायर भएको थियो ।

यहि मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई भने विशेष अदालतले दोषी ठहर गरेको छ । उनीहरूलाई मंसिर २५ गते सजाय तोकिने बताइएको छ ।