
विराटनगर, १४ कार्तिक । नेकपा (एमाले) का बरिष्ठ नेता ईश्वर पोखरेलले मुलुकको स्थायीत्वका लागि नेपाली कांग्रेस र एमालेकोबीचमा गठबन्धन गरिएको बताएका छन् ।
मुलुकलाई थप संकटमा फस्न नदिनका लागि दुई ठुला पार्टीहरु मिलेर सरकार गठन गरिएको उनको भनाई छ ।
नेकपा (एमाले) मोरङले पार्टी कार्यालय पाञ्चालीमा आज आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले कांग्रेस र एमालेबीचको सहकार्य राष्ट्रलाई संकट पर्दा हुने गरेको बताए ।
‘नेपाली कांग्रेस र एमालेबीच मुख्यगरी २०३६, ०४६, ०६२ र संविधान जारी गर्दा सहकार्य भएको छ उनले भने,’। दुई पार्टीबीचको सहकार्य आगामी २०८४ सम्म रहेको उनको भनाइ छ । निर्वाचनमा भने एक्ला एक्लै लड्ने उहाँले स्पष्ट परे ।
एमालेको यात्रामा जहिलै चुनौति आउने गरेको बताउँदै उनले एमालेले हरेक चुनौतिलाई पार लगाउँदै अघि बढ्ने गरेको बताए । कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज शेरधन राई, केन्द्रीय सदस्य जीवन घिमिरे, प्रदेश अध्यक्ष घनस्याम खतिवडा लगायतले नेताहरुले सम्बोधन गरेका थिए ।








प्रतिक्रिया