
पोखरा, १४ कार्तिक । गृहमन्त्री रमेश लेखकले काँग्रेस उपसभापति धनराज गुरूङमाथि पनि सहकारी ठगीमा अनुसन्धान हुने बताएका छन् ।
आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेखकले धनराजमाथि पनि अनुसन्धान हुने र दोषी देखिए कारबाही हुने बताएका हुन् ।
‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’ मुख हेरेर नभइ तथ्य प्रमाण हेरेर अनुसन्धान हुने उनको भनाइ छ ।








प्रतिक्रिया