
काठमाडौं, १४ कार्तिक । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश वलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि पुरानै ठाउँमा फर्किएको बताएका छन् ।
आज नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्म शताब्दी कार्यक्रमको अवसरमा बुधबार कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड पुरानै ठाउँमा फर्किएको र के कुराले प्रभावित गर्यो समिक्षा गर्न आग्रह गरेका हुन् ।
उनले माओवादी आन्दोलनबारे किताब लेख्न पनि सुझाव दिए ।
उनले भने, ‘प्रचण्डले ऐतिहासिक जनयुद्धको नेतृत्व गर्नुभयो, त्यसका लागि धेरै धन्यवाद छ । अहिले उहाँ फेरि फर्किर पहिलेकै ठाउँमा पुग्नुभयो । त्यसमाबारे गम्भीर समीक्षा गर्नुपर्छ’, उनले भने, ‘निष्पक्ष छानबिन गरौँ । अब नढाँटीकन एउटा किताब लेख्नोस् । तपाईँलाई के चिजले प्रभावित गर्यो ? कहाँ बिग्रियौँ ? यसमा राम्रो समीक्षा गरौँ । त्यसै एकताको कुरा गरेर हुँदैन । बाहिर चुनावी राजनीति गरेर हुँदैन ।’








प्रतिक्रिया