
काठमाडौं, १४ कात्तिक । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले एमाले र नेकपा (माओवादी केन्द्र)बीचको एकता तत्काल सम्भव नरहेको स्पष्ट पारेका छन् ।
बुधबार राजधानीमा आयोजित ‘नेकपा कम्युनिष्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन् ।
‘अहिले माओवादी र एमालेबीच एकता सम्भव छैन । तत्काल एमालेसँग एकता सम्भव छैन तर भविष्यमा हुँदै हुँदैन भन्ने हुँदैन । एकता हुन सक्छ । अहिले जोजोसँग एकता सम्भव छ गर्नुपर्छ । एमालेले त एकल बहुमत ल्याउने तयारीमा छ । प्रचण्डजी पनि एकल बहुमत ल्याउने तयारीमा छन्’ उनले भने ।
उपाध्यक्ष ज्ञवालीले कम्युनिष्टहरूले अहिलेबाटै चुनाव जित्ने रणनीति बनाउनु पर्नेमा जोड दिए । उनले विशेषगरी चुनावी रणनीतिमा केन्द्रीत हुनुपर्ने र सत्ता सञ्चालनमा कसले कहाँकहाँ गल्ती गरेका गरेका छन् त्यसको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, सरकारमा गएर सबै नराम्रो काम भएको छ भन्ने भाष्य ठीक छैन भन्दै उनले दलाल पुँजीवादविरुद्ध कम्युनिष्ट शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।








प्रतिक्रिया