९ असार २०८३, मंगलबार

संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १४ कार्तिक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने उल्लेख गरे ।

सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानविन समितिको प्रतिवेदनका आधरमा कारबाही प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि हो ।” मुलुक अप्ठ्यारो अवस्था तथा चरम शङ्कटमा पुग्दा वर्तमान सत्ता गठबन्धन बनेको उनले बताए ।