
काठमाडौं, १३ कार्तिक । प्रहरी नायव महानिरीक्षक (डीआईजी) किरण राणा र डा. सुन्दर ह्योजु प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले राणा र ह्योजुलाई एआईजीमा बढुवा गरेको हो । ह्योजुलाई प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ ।
राणालाई प्रदेश समन्वय विभाग नक्सालमा पदास्थपन गरिएको छ भने ह्योजुलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पदास्थपन गरिएको छ ।








प्रतिक्रिया