२६ असार २०८३, शुक्रबार

साफ महिला च्याम्पियनसिप फाइनलको अनलाइन टिकट स्थगित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कार्ति । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलको अनलाइन टिकट स्थगित गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज अनलाइनक टिकट बन्द गरिएको जानकारी दिएको छ । यसअघि नै अनलाइन टिकट काटिसकेकाको पैसा फिर्ता गरिने एन्फाले जानकारी दिएको छ ।

टिकट बिहान ८ बजे जावलाखेल मैदानमा बिक्री गरिनेछ । एन्फाका अनुसार एन्फा कम्प्लेक्स सातदोबाटो, जाउलाखेल र आर्मी ब्यारेक नजिक गरी तीन ठाउँबाट टिकट बिक्री हुने छ।

एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्नेछन् ।

आइतबार भएको नेपाल र भारतबीचको सेमिफाइनलमा क्षमता भन्दा धेरै टिकट बिक्री गरेको पाइएपछि टिकट बिक्रीको जिम्मा दिइएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गरेर एन्फा आफैँले वितरण गर्न लागेको हो ।