
काठमाडौं, १३ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफूहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पटक पटक काम गर्ने मौका दिएको बताएका छन् ।
आज एमाले चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ आएका नेतालाई परीक्षण नै नगरी खराब भन्नु ठिक नहुने भन्दै आफूहरू पटक पटक लामिछानेलाई काम गर्ने मौका दिएको उनले बताएका हुन् ।
आफूहरूकै पहलमा लामिछाने दुई पटक गृहमन्त्री बनेका समेत उनको भनाइ छ ।
‘चितवनले पटक पटक लोकतान्त्रिक परिवर्तनको अगुवाइ गर्यो । रवि लामिछानेले नयाँ खोज्ने अभियान चलाए । त्यसैको नेतृत्व गर्यो । नयाँ अभियानको नेतृत्वतर्फ लग्यो’, महासचिव पोखरेलले भने, ‘हामीले नयाँ सोच बनाएर ल्याएको नेतालाई परीक्षणको मौका नदिई खराब हुन् भन्दा जनताले पत्याउँदैनन् भनेर पटक पटक काम गर्ने मौका दिन पहलकदमी लियौं र काम गर्ने मौका दियौं । दुईदुई पटक हाम्रै कारणले गृहमन्त्री भए । त्यो समय उनले के काम गरे भन्ने कुरा चितवनकै जनताले पनि निकै छिटो थाहा पाउनुभयो भन्ने लाग्दछ ।’








प्रतिक्रिया