२३ असार २०८३, मंगलबार

धुमधाम धनतेरस : नयाँ भाँडाकुँडा किनमेलको चटारो (फोटो फिचर)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । आजदेखि नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ ।

धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन अनुसार आज नयाँ भाडा किनबेचका लागि चहलपहल बढेको छ । विशेषगरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम अनि शुभ मानिन्छ ।

धार्मिक मान्यता अनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको मूर्ति वा तस्वीर घर भित्र्याउन निकै फलदायी हुनेछ । आजका दिन हिन्दु धर्मावलम्बीहरूले आयुर्वेदका प्रवर्तक धनवन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने गर्दछन् ।

आज परेको यो दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने धार्मिक विश्वाससमेत रहेको छ ।