२२ जेष्ठ २०८३, शुक्रबार

विश्वकप लिग-२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । आइसिसी विश्वकप लिग-२ मा आज मंगलबार नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रेरी रंगशामा हुने खेल आज साँझ सवा ९ बजेदेखि सुरु हुनेछ ।

नेपालले आज खेल्न लागेको लिग-२ को दशौं खेल हो । अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ । नेदरल्याण्ड्सलाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो । त्यसयता लिग-२ को खेलमा नेपाल जित विहीन छ ।

लिग-२ खेल्ने आठ देशमध्ये नेपाल अंकतालिकामा सातौं स्थानमा छ । अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले २८६ रन बनाउँदा पनि आइतबार पराजित हुन पुगेको थियो ।

स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजा निकालेको छ । यसअघि अघिल्लो वर्ष लिग-२ कै त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु मैदानमा स्कटल्याण्डलाई दुवै खेलमा पराजित गरेको थियो ।

अमेरिकामै लिग-२ खेल्नुअघि नेपालले घरेलु टोलीसँग टी-२० सिरिज खेलेको थियो । त्यतिबेला नेपालले सिरिज क्लिन स्विप गरेको थियो । लिग-२ को खेलमा भने नेपाल तीन विकेटले पराजित हुन पुगेको हो ।