
चितवन, १२ कात्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भोलि (मंगलबार) चितवन आउने भएका छन् ।
एमाले चितवनले नेपालीहरुको महान् पर्व विजया दशमी, शभु-दीपावली, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा आयोजना गर्न लागेको शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेल चितवन आउन लागेका हुन् ।
मंगलबार बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले चितवनका अध्यक्ष कमलराज पाठकले जानकारी दिए । शुभकामना कार्यक्रम एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा हुनेछ ।
एमाले चितवनले वर्षेनी शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गर्ने गरेको छ । दशैं अगाडि बाढीपहिरोले देश शोकमा डुबेका कारण एमालेले शुभकामना कार्यक्रम गरेको थिएन । अहिले दशैंपछि गर्न लागिएको अध्यक्ष पाठकले जानकारी दिए । उनले शुभकामना कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेका छन् ।








प्रतिक्रिया