काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्की प्रस्थान गरेका छन् । राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप-३१) मा सहभागी हुन उनी टर्की प्रस्थान गरेका हुन्।
कोप–३१ मा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको मुद्दालाई विभिन्न उच्चस्तरीय शत्रहरूमा पैरवी र प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको छ।
टर्कीको आन्ताल्यामा सोमबार कोप–३१ सुरु भएको छ। सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल सम्मेलनस्थल पुगिसकेका छन्।












प्रतिक्रिया