
काठमाडौं, १२ कार्तिक । व्यवसायी मिनबहादुर गुरूङले पार्टी कार्यालय निर्माणका लागि नेकपा एमालेलाई दानमा दिएको जग्गा विवादमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
आज न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले सोमबार उक्त दान प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश गरेको हो।
अधिवक्ता ज्ञानकुमार बस्नेतले मुद्वा दायर गरेका थिए । सर्वोच्चले छलफलका लागि कार्तिक २६ गते पेसी तोकेर दुवै पक्षलाई बोलाएको छ।









प्रतिक्रिया