२ असार २०८३, मंगलबार

धनराज र ऋषिकेशमाथि पनि अनुसन्धान गर्न गगन थापाको माग

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा मुछिएका पार्टी उपसभापति धनराज गुरूङ र एमाले सांसद ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न माग गरेका छन्।

आज राष्ट्र बैंकका कर्मचारीले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले ठगी प्रकरणमा जोडिएकाको बकाइदा अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

‘कांग्रेसका उपसभापति धनराज गुरूङको संलग्नता सम्बन्धमा बाहिर चर्चा चलेको छ, सहकारीसम्बन्धी संसदीय समितिमा पनि यस विषयमा छलफल भयो, बहस भयो र थप अनुसन्धान गर्नुपर्छ, म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु( बकाइदा अनुसन्धान गर्नुस्। अनुसन्धान गर्नु पनि पर्छ । एमाले नेता ऋषि पोखरेलको पनि नाम आयो, गर्नुस् अनुसन्धान,’ उनले भने, ‘यदि गल्ती गर्नु भएको छ भने अभियोजन गर्नुस् र दण्ड दिनुस्।’