१७ असार २०८३, बुधबार

बलात्कार आरोपित सशस्त्र प्रहरी जवान मृत फेला

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, १२ कात्तिक । बालिका बलात्कारको आरोपमा पक्राउ परेका एक सशस्त्र प्रहरी जवानले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।

प्युठानको सरुमारानी गाउँपालिका-४ घर भई ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाका अनुसार मगरले वडा प्रहरी कार्यालय घोराहीको शौचालयको झ्यालमा रहेको फलामको रडमा आफूले लगाएको स्याण्डो र टिसर्ट प्रयोग गरी झुन्डिएर आत्महत्या गरेका हुन् ।

आज बिहान करिब पाँच बजेतिर शौचालय गएका मगर लामो समयसम्म नफर्केपछि प्रहरीले ढोका खोलेर हेर्दा उनलाई झुन्डिएको अवस्थामा फेला पारेको थियो ।

गत असोज २४ मा भालुवाङका १४ र ८ वर्षीया दुई बालिकामाथि बलात्कार गरेको आरोपमा भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गणका दुई प्रहरी नियन्त्रणमा लिइएका थिए । ती मध्ये मगरले आत्महत्या गरेका हुन् भने अर्का एक जना आरोपी हिरासतमै रहेका छन् ।