१० असार २०८३, बुधबार

४ ग्राम खैरो हिरोइनसहित २ जना पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १२ कात्तिक । मकवानपुर प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका-११ नमुना टोलमा शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा हेटौंडा-११ का २३ वर्षीय सुजन गुरुङ र हेटौंडा-१० का ३३ वर्षीय अजय गहतराज रहेका छन् । उनीहरूको साथबाट ११ वटा रातो प्लास्टिकको पुरियामा राखिएको ४ ग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।