५ श्रावण २०८३, मंगलबार

कीर्तिपुरको दर्शन सहकारी समस्याग्रस्त घोषणा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । बागमती प्रदेश सरकारले काठमाडौंको कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।

बागमतीको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले दर्शन सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो । सहकारीले दुई वर्षभन्दा लामो समयदेखि बचतकर्ताहरूको बचत फिर्ता गर्न नसकेका कारण समस्याग्रस्त सहकारी घोषणा गरिएको मन्त्रालयले जनाएको छ ।

९ हजार आठ सय ५७ शेयर सदस्यको एक अर्ब ५२ करोड ८२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको बागमतीका संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले जानकारी दिए ।

सहकारीका अध्यक्ष दिनेश दर्शनधारीलगायतका पदाधिकारीको संलग्नतामा सहकारी समस्याग्रस्त बनेको देखिएको उनले बताए ।